गठबन्धनले नेपाली कांग्रेस अलमलमा

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयले नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रिया अलमलमा परेको छ । ७ सय ५३ स्थानीय तहमध्ये अधिकांशमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने मनस्थिति बनाए पनि तालमेलका लागि केन्द्रीय दबाब बढेको छ ।

स्थानीय आवश्यक्ता र औचित्यको आधारमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे पार्टीको स्थानीय तहले नै निर्णय लिने केन्द्रीय समितिको नीति भए पनि कांग्रेसको तल्लो तहलाई केन्द्रीय तहले तालमेलका लागि दबाब बढाइरहेको छ । ‘पार्टी आबद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोलतहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने’ भन्ने स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको पछिल्लो निर्देशनले पनि तालमेलको लागि जिल्लालाई दबाब बढाएको बुझिन्छ ।

कांग्रेस शीर्ष नेताहरू भने तालमेलका लागि केन्द्रीय दबाब बढेको र अलमलमा परेको कुरालाई स्वीकार्दैनन् । कांग्रेस उपसभापति धनराज गुरुङले भने– ‘तालमेल गर्ने पर्छ भन्ने कुनै दबाब छैन र अलमल पनि छैन ।’ तालमेलको विषय टुंग्याउन जिल्लालाई नै भनिएकाले अब एक-दुई दिनमै तालमेल गर्ने वा नगर्ने टुंगो लाग्ने र उम्मेदवार छनोट हुने उपसभापति गुरुङको भनाइ थियो ।तालमेलको विषय पार्टीको स्थानीय तहले नै निर्णय गर्ने हो भन्दै कांग्रेस महामन्त्री गगन थापा भन्नुहुन्छ– ‘स्थानीय तहको आवश्यक्ता र औचित्यको आधारमा तालमेल गर्न पनि सक्ने भन्ने कांग्रेस केन्द्रीय समितिको निर्णय हो । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *