एजेन्सी । सर्वाधिक १३ पटकको च्याम्पियन रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोसो लेगमा इंग्लिस क्लब चेल्सीसँग ३-२ गोलले पराजित भएपनि समाग्रमा ५-४ को नतिजा निकाल्दै म्याड्रिड सेमिफाइनलमा प्रवेश गरेको हो । दुई टोलीबीचको पहिलो लेगमा म्याड्रिड ३-१ गोलले विजयी भएको थियो ।
गएराति सान्टियागो बेर्नाबेउमा भएको खेलमा चेल्सीको लागि मेसन माउन्ट, एन्टोनियो रुडिगर र टिमो वेर्नरले एक/एक गोल गर्दा रियल म्याड्रिडको लागि रोड्रीगो र करिम बेन्जिमाले एक/एक गोल गरे । खेलको १५ औं मिनेटमा वेर्नरको पासमा माउन्टले गोल गर्दै चेल्सीको पुनरागमनको पाहिला चलाएका थिए ।
५१ औं मिनेटमा माउन्टको पासमा रुडिगरले गोल गर्दै खेलमा २-० गोलको अग्रता र समाग्रमा ३-३ गोलको अवस्थामा ल्याएका थिए । ७५ औं मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई खेलमा ३-० र स्माग्रमा ४-३ गोलको अग्रता दिलाएका थिए । ८० औं मिनेटमा लुका मोर्डिकको पासमा रोड्रीगोले गोल गर्दै म्याड्रिडलाई स्माग्रमा ४-४ गोलको स्थितिमा ल्याए ।
निर्धारित ९० मिनेटमा समाग्र नतिजा ४-४ भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९६ औं मिनेटमा भिनिसियसको क्रसमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा २-३ र समाग्रमा ५-४ गोलको अग्रता दिलाएका थिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेलमा ३-२ गोलले पराजित भएपनि समाग्रमा ५-४ गोलको नतिजा निकाल्दै म्याड्रिड विजयी भयो । जीतसँगै म्याड्रिड सेमिफाइनलमा प्रवेश गर्दा चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ । अब म्याड्रिडले सेमिफाइनलमा म्यानचेस्टर सिटी र एथ्लेटिको म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।