प्रदेश नं ५ : प्रदेशसभाको बैठक मङ्गलबार बस्ने

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको २५ औँ बैठक यही असोज ६ गते अपराह्न १ः०० बजेका लागि बोलाइएको छ ।

बैठक तय भएपछि प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो । यसअघि गत साउन १८ गते प्रदेशसभाको छैटौँ अधिवेशनको २४ औँ बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *