बाढी पहिरोको जोखिमका बस्तीको स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

काठमाडौं । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद व्यवस्थापन परिषदको बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुनस्र्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो । मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोक, अछाम, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा आज छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

उनले जोमिखमा रहेका वस्तीहरुको आवश्यकता अनुसार स्थानान्तरण अथवा पुनस्र्थापना गरिने जानकारी दिए । त्यस्तै प्राकृतिक प्रकोपमा परि असहज जीवन व्यतित गरेकाहरुको उचित व्यवस्थापन गर्न पनि रणनीति तय गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *