आफुलाई पक्राउ गर्ने प्रहरीलाई मृगौला दान

न्युयोर्क ।
अमेरिकाको अलावामाका एक महिलाले जीवनकालमा आफुलाई पटक पटक गिरफतार गर्ने प्रहरीको ज्यान जोगाउनकै लागि आफ्नो मृगौला दान दिएर विशाल ह«दय प्रदर्शन गरेकी छन् । फक्स न्युजका अनुसार लागू औषध दुव्र्यसनबाट हालै मुक्ति पाएकी जोसलिन जेम्सले सामाजिक संजाल फेसबुक मार्फत टेर्रेल पोटर नामक ती पूर्व प्रहरी अधिकारीलाई प्रत्यारोपणका लागि एउटा मृगौलाको अत्यन्तै जरुरी भएको जानकारी पाएकी थिइन् ।
फेसबुक मार्फत पोटरकी छोरीले सहयोगका लागि अपिल गरेकी थिइन् । जेम्सले उनीसंग सम्पर्क गरेर आफु उनका पितालाई मृगौला दान दिन तयार रहेको बताएकी थिइन् । कुनै समय लागु औषध दुव्र्यसनको कारण अत्यन्तै पतित भइसकेकी चालिस वर्षिया जेम्स अहिले पूर्ण स्वस्थ अवस्थामा छिन् ।
कुलतकै कारण जागिर र आफ्नो कार समेत गुमाएकी उनी नशाका लागि चोरी गर्ने गर्दथिन् । सन् २००७ र २०१२ बीच १६ पटक पक्राउमा परेकी उनी राज्य प्रहरीको अत्यधिक खोजी सुचीमा परेकी थिइन् । एक रात उनले टेलिभिजनमा आफ्नो नाम खोजि गरिँदै गरेको अपराधीको रुपमा प्रशारण गरेको देखेपछि उनले जिन्दगी सुधार्ने प्रण गरेकी थिइन् ।
डेली मेलका अनुसार उनले गत जुलाईमा न्यासभिल्ले स्थित भान्दरविल्ट युनिभर्सिटी हस्पिटलमा पोटरलाई मृगौला दान दिएकी थिइन् । दुवैका स्वास्थ अहिले राम्रै रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *