काठमाडौं । नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर दीपेन्द्र सिंह एरी त्रिकोणात्मक टि-२० आई सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार सम्पन्न सिरिजमा दुवै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
दीपेन्द्रले सिरिजको पाँच खेलमा २ सय ५५ रन बनाएका हुन् । दीपेन्द्र सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीपनि हुन् । उनले शनिबार मलेसियाविरुद्ध भएको खेलमा १ सय १० रनको सतकिय इनिङ्स खेल्दा पीएनजी विरुद्धको लिगचरण र फाइनल खेलमा अर्धसतक बनाए । दीपेन्द्रले आज भएको फाइनल खेलमा ५४ रन बनाएका हुन् । यस्तै बलिङतर्फ ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिए । उनले सिरिजमा कुल ७ विकेट लिए ।
यस्तै नेपालकै तीब्र गतिका बलर करण केसी सिरिजको उत्कृष्ट बलर चुनिए । उनले सिरिजमा १६.४ ओभर बलिङ गर्दै १ सय ४२ रन खर्चेर १३ विकेट लिएका थिए । उनीभन्दा पछाडि सन्दीप लामिछानेले २० ओभरमा १ सय ३० रन दिएर ११ विकेट लिए ।