लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधीकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा दायर गरेको रिटमा चार करोड २१ लाख रुपैयाँ बढी बिगो दाबी गरेको छ ।

उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध चार करोड २१ लाख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविुरुद्ध एक करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा खधिकृत दुर्गाबहादुर डिङदोङ तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको आरोपसहित बिगो दाबी गरेको छ ।

यस्तै उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीविरुद्ध पनि एक करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दामा विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *