स्थानीय तह निर्वाचनः उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ । बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप विषयलाई प्रस्ट पार्दै उम्मेदवार बन्नुअघि स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आयोगले तोकेका १९ बुँदे नियम पूरा गर्नुपर्नेछ ।

जसअनुसार आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै सम्पत्ति विवरण बुझाउनुपर्ने छ । यसैगरी डीभी तथा पीआर भएकाले समेत निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी आयोगले नियम बनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुअघि नै आयोगले तोकेका नियम मान्न १९ बुँदे स्वघोषणा गर्नु पर्नेछ। निर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले पहिले नै सम्पत्ति विवरण बुझाउनुपर्ने तथा डीभी तथा पीआर धारण गरेको हुनु नहुने व्यवस्था रहेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *