एजेन्सी । दक्षिण भारतीय फ्लिम ‘आरआरआर’ले रिलिज भएको पहिलो दिनमै सुनामी ल्याएको छ । शुक्रबारबाट विश्वभर रिलिज भएको ‘आरआरआर’ले पहिलो दिनमै २ सय २३ करोड भारु कमाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
एसएस राजामौलीको निर्देशनमा बनेको फ्लिमले पहिलो दिन भारतमा मात्र १ सय ५६ करोड भारु कमाएको हो । यस्तै ‘आरआरआर’ले अमेरिका र क्यानडामा ४२ करोड थप्दा अन्य देशमा २५ करोड जोडेको हो । यससँगै ‘आरआरआर’ एकै दिन धेरै कमाउने फ्लिम बनेको छ । यसअघि बहुबली-२ ले एकै दिनमा २ सय १७ भारु कमाएको थियो ।
‘आरआरआर’ले भारतको अन्दरा प्रदेशमा ७५ करोड भारु, निजम क्षेत्रमा २७.५ भारु, करनातकामा १४.५ करोड भारु र तमिल नाडूमा १० करोड भारु कमाउँदा भारतको उत्तर क्षेत्रमा २५ करोड भारु जोडेको हो ।
फिल्ममा जुनियर एनटीआर, राम चरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा रिलिज भइरहेको छ ।
