सुर्खेतमा यातायात बन्दले सर्वसाधारण मर्कामा

सुर्खेत । बुधबार सुर्खेतमा सार्वजनिक यातायात बन्द गरिएको छ । सुर्खेतका यातायात व्यवसायीहरुले आफ्ना समस्या समाधानमा प्रशासन मौन बसेको भन्दै अघोषित रुपमा सार्वजनिक यातायात बन्द गरेका छन् । अघोषित रुपमा व्यवसायीले सार्वजनिक सवारीसाधन नचलाउँदा सर्वसाधारण मारमा परेका छन् ।

निजी सवारीसाधनले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमनमा कुनै चासो नदेखाएको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारीसाधन नचलाएका हुन् ।

‘रातो नम्बर प्लेटवाला गाडी यात्रु लिएर अगाडि–पछाडि हिँड्ने, हामी कालो प्लेट भएका सार्वजनिक सवारी साधन खाली बीचमा गुडाउनुपर्ने अवस्था आएको हुँदा व्यवसायी साथीहरुले सार्वजनिक यातायातका साधन नचलाउनुभएको हो।’ सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले छलफलका लागि व्यवसायीहरुलाई बोलाएको छ। सवारीसाधन आजै खोल्नेगरी व्यवसायीहरुसँग छलफल गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *