काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपालले एक विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नुपर्ने जनाएको छ ।
कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्वनिर्धारित मिति २०७७ असार १६ देखि कार्यान्वयन सम्भव नभएको भन्दै एमसीए नेपालले सुरु गर्ने मिति पुनर्विचार गर्न आग्रह गरेको हो । कार्यान्वयन सुरु हुनुभन्दा पहिले पूरा गर्नुपर्ने प्रक्रिया छिटो सम्पन्न गर्न आफूहरू सक्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
