काठमाडौ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘पल्सर स्पोर्ट्स अवार्ड’मा दशककै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको १८ औं पल्सर स्पोर्ट्स अवार्डमा पारस पुरुषर्फ दशककै उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका हुन् ।
सन् २००४ मा १६ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका पारसले झण्डै एक दशक नेपालको कप्तानी समालेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखि विश्व क्रिकेट लिगसम्म यात्रा तय गर्दा सन् २०१४ मा आईसीसी टि-२० विश्वकपपनि खेलको थियो । त्यस्तै उनकै कप्तानीमा नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
त्यसपछि पारसले सन् २०१९ अक्टोबरमा नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजिनामा दिएका थिए । त्यसपछि १२ खेल खेलेका पारसले सन् २०२१ अगस्टमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन् २०२० नोभेम्बरमा पारस दशककै आईसीसी एसोसियट क्रिकेटरको मनोनयनमापनि परेका थिए ।
तस्बिर:- एनएसजेएफ