काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छन् । मंगलबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले मानन्धरलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा मानन्धरले एमाले अध्यक्ष ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताएकी छिन् । उनले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताइन् ।
उनले भनिन्, ’एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।’ उनले आफू कुनै पदका लागि एमालेमा नआएको भन्दै नितान्त एउटा कार्यकर्ताका रूपमा एमालेमा जोडिन आएको बताइन् ।