बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन् ।
जोनसनले सन्डे टाइम्ससँग जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको बताएका छन् । बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो ।
उनले भने,‘जेलेन्स्की सधैं स्पष्ट रहेको छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उहाँको प्रशंसा गर्छु ।’
डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो उद्देश्य डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ ।