च्याम्पियन लिग ड्र: क्वाटरफाइनलमा रियल म्याड्रिड र चेल्सी भिड्ने

एजेन्सी । युरोपेली फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल र सेमिफाइनलको ड्र सार्वजनिक भएको छ । युईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार क्वाटरफाइनलमा दुई स्पेनिस क्लबले दुई इङ्लिस क्लबको सामना गर्ने भएका छन् ।

नियोनमा भएको ड्र अनुसार पहिलो क्वाटरफाइनलमा साविक विजेता चेल्सी र सर्वाधिक १३ पटकको च्याम्पियन रियल म्याड्रिड भिड्ने भएका हुन् । गत वर्ष चेल्सीले रियल म्याड्रिडलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । त्यसैले म्याड्रिडलाई चेल्सीमाथि बदला लिने राम्रो अवसर मिलेको छ ।

यस्तै दोस्रो क्वाटरफाइनलमा म्यानचेस्टर सिटी र एथ्लेटिको म्याड्रिड भिड्ने भएका छन् । पहिलो र दोस्रो क्वाटरफाइनलको विजेता फाइनल प्रवेशको पहिलो सेमिफाइनलमा भिड्नेछ ।

क्वाटरफाइनल ड्र

पहिलो क्वाटरफाइनल: चेल्सी विरुद्ध रियल म्याड्रिड
दोस्रो क्वाटरफाइनल: म्यानचेस्टर सिटी विरुद्ध एथ्लेटिको म्याड्रिड
तेस्रो क्वाटरफाइनल: भिल्लारियल विरुद्ध बायर्न म्युनिख
चौथो क्वाटरफाइनल: बेन्फिका विरुद्ध लिभरपुल

सेमिफाइनल ड्र

पहिलो सेमिफाइनल: दोस्रो क्वाटरफाइनलको विजेता विरुद्ध पहिलो क्वाटरफाइनलको विजेता
दोस्रो सेमिफाइनल: चौथो क्वाटरफाइनलको विजेता विरुद्ध तेस्रो क्वाटरफाइनलको विजेता

फाइनल: दोस्रो सेमिफाइनलको विजेता विरुद्ध पहिलो सेमिफाइनलको विजेता

खेल हुने मिति

क्वाटरफाइनल, पहिलो लेग: ५/६ अप्रील
क्वाटरफाइनल, दोस्रो लेग: १२/१३ अप्रील
सेमिफाइनल, पहिलो लेग: २६/२७ अप्रील
सेमिफाइनल, दोस्रो लेग: ३/४ मे
फाइनल: २८ मे

फाइनल खेल फ्रान्सको पेरिसस्थित स्टाडे डि फ्रान्समा हुनेछ । यसअघि उक्त रंगशालामा युरो कप-२०१६ को फाइनल र सन् २००० र २००६ को च्याम्पियन्स लिगको फाइनलपनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *