च्याम्पियन्स लिग: बेन्फिका क्वाटरफाइनलमा, आयक्स बाहिरियो

एजेन्सी । पोर्चुगिज क्लब बेन्फिका युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा आयक्सलाई १-० ले तथा समाग्रमा २-१ गोलले पराजित गर्दै बेन्फिका क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दुई टोली बीचको पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो । जोहान क्रफ एरिनामा भएको खेलमा बेन्फिकालाई जीत दिलाउन डार्विन नुनेजले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा ग्रिमाल्डोको पासमा नुनेजले गोल गर्दै बेन्फिकालाई जीत दिलाएका हुन् ।

आयक्सले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि बललाई पोस्टको दिशा दिन सकेन । जीतसँगै बेन्फिका क्वाटरफाइनलमा प्रवेश गर्दा आयक्स प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *