गोठ भत्किँदा दुई बालकको मृत्यु दुईजना घाइते

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

अविरल वर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घटनामा मृतककी आमा ३० वर्षीया नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका छन्। नन्नकली सामान्य घाइते भएको र विरमालीलाई उपचारका लागि सुलिचौरतर्फ लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *