काठमाडौं । उद्योगपति विनोद चौधरीले आत्मबल बलियो बनाएमा कोरोना भाइरसलाई सजिलै जित्न सकिने बताएका छन् । कोरोना संक्रमणबाट मुक्त भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै चौधरीले संक्रमण भईहालेपनि आत्तिन नहुने बताएका छन् ।
उनले आफूलाई संक्रमण हुँदा सामान्य रुघा मात्र लागेको तर आफूले चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बसेर प्रशस्त तातोपानी, बेसार, गुर्जोलगायतका जडीबुटी खाएर त्यसलाई जितेको बताएका छन् । उनले कोरोनासँग डराउने नभई त्यसबाट जोगिन पहिलेनै सकर्त हुनुपर्ने बताए ।
