कञ्चनपुरमा २२ किलो चरेश बरामद

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति बाइसकिलो १५० ग्राम चरेश बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको थियो । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उनले भने,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउछ ।” पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *