भलिबलको मुख्य प्रशिक्षकमा सिंह

काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंहलाई नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सिंहलाई आइतबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

यही असार १० गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार सिंहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

उनी जिल्ला खेलकूद विकास समिति काठमाडौँमा भलिबल प्रशिक्षकका रुपमा कार्यरत थिए । विसं २०५२ मा सिंहले सहायक प्रशिक्षकका रुपमा आफ्नो जागिर शुरु गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । यसअघि भलिबलका पूर्व खेलाडी सलिना श्रेष्ठ भलिबलको मुख्य प्रशिक्षक थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *