पुलबाट कार खस्दा सात मेडिकल छात्राको मृत्यु

मुम्बई। भारतको महाराष्ट्र राज्यको वर्धा जाँदै गर्दा सेलसुरा नजिकै पुलबाट कार खस्दा सात जनाको मृत्यु भएको छ। सोमबारराति भएको सो दुर्घटनामा भाजपा विधायक विजय रहागडालेका छोरा आविष्कारसहित सात छात्राको मृत्यु भएको हो।

दैनिक जागरणका अनुसार दुर्घटनामा मेडिकल कलेजका सात विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। मृतकको उमेर २५ देखि ३५ वर्षको बीचमा रहेको बताइएको छ। कार पुलबाट ४० फिट तल खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *