कोरोनाका १०८१ संक्रमित थपिए, ९१८ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार ८१ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ जनाकाे पिसिआर परिक्षण गर्दा १ हजार ८१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको जानकारी दिए ।

यस्तै २४ घण्टामा ९ सय १८ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

यस्तै देशभर हाल १५ हजार २५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ३७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *