नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।