विद्यालय शिक्षा विधेयकविरुद्ध १७ विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दैै १७ विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् । सोमबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी १७ विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका हुन् ।

उनीहरुले कूल वार्षिक बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्नुपर्ने, शिक्षामा निजीकरण र व्यापारीकरण रोक्नुपर्ने, सबै तहको शिक्षालाई क्रमशः पूर्ण निःशुल्क बनाउँदै लैजानुपर्ने, शिक्षक, कर्मचारी, जनप्रतिनिधिलगायत राज्य कोषबाट सेवा सुविधा लिनेहरूका जोसुकैका सन्तान अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने, शिक्षक नियुक्ति प्रक्रिया शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने लगायत माग राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *