उपराष्ट्रपति यादवसँग भियतनामकी समकक्षीको भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र नेपालका समकक्षी रामसहायप्रसाद यादवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार बिहान उपराष्ट्रपतिको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय सम्बन्धका विषयमा कुुराकानी भएको थियो । भियतनामकी उपराष्ट्रपति शनिबार नेपाल आएकी हुन् ।

उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *