काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साहविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले साहलाई बिचौलियामार्फत घुस लिएको रकमसहित यसअघि नै नियन्त्रणमा लिएको थियो ।

