अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल)ले राईविरुद्ध आइतबार अख्तियारमै उजुरी दिएका हुन् । उजुरीमा पौडेलले वाइडबडी विमान, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।

गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो ।

उजुरीमा भनिएको छ, ‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *