गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा यातायातका शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय, सवारी अनुमति पत्र पर्साका अधिकृत कमलराज गौतमविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *