यसरी मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीले दोस्रो महान् पर्व बकर ईद (ईद उल जोहा’ मनाउँदैछन् । रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहिआएको छ ।

शनिबार बिहान घण्टाघरको काश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्बी भेला भएर सामूहिक नमाज पढेका छन् । इस्लामिक पात्रो अनुसार १२औँ महिना अर्थात् दिल हिज्जाको १०औँ दिन यो पर्व मनाउने गरिन्छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्छन् । हिजरी संवतअनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *