होटल याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द

काठमाडौं । पर्यटन विभागले काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिको नाममा सञ्चालित क्यासिनो बन्द गर्न निर्देशन दिएको छ ।

विभागले पत्र लेख्दै राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गर्ने निर्णय गरेको हो । सरकारलाई बुझाउनु पर्ने रोयल्टी पटक पटक बुझाउन आग्रह गर्दा पनि नबुझाएकाले संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए ।

विभागको पत्रमा भनिएको छ, ‘नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता आर्थिक वर्ष २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर, आव २०७८/०७९ को रोयल्टी दस्तुर समेत गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *