एमाले अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ ।

गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको सोमबार चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *