मस्को । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका सर्तहरू स्वीकार नगरेसम्म रुसले ‘अर्थोडक्स इस्टर’का लागि युक्रेनसँग जारी युद्धविराम नलम्ब्याउने क्रेमलिनले जानकारी गराएको छ ।
क्रेमलिनका प्रवक्ताद्वारा जारी एक अन्तर्वार्तामा युद्धविराम नलम्बिने कुरा उल्लेख गरिएको हो ।
“दिगो शान्ति तब आउन सक्छ जब हामी हाम्रो हितको रक्षा गर्छौं र हामीले सुरुदेखि नै तय गरेका लक्ष्यहरू प्राप्त गर्छौं। यो आज शाब्दिक रूपमा गर्न सकिन्छ। तर जेलेन्स्कीले यी चिरपरिचित समाधानहरू स्वीकार गर्नैपर्छ,“ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार भनेका थिए, “यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । रुसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्व छलफल नगरेको र कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गरिएको छ।”
पेस्कोभले युक्रेनमा जारी युद्धलाई सङ्केत गर्दै भने, “सहमति अनुसार इस्टरका लागि भएको युद्धविराम अवधि समाप्त भएपछि विशेष सैन्य अभियान जारी रहनेछ । जेलेन्स्कीले यो जिम्मेवारी वहन गर्ने साहस नगर्दासम्म युद्धको विकल्प छैन ।”
क्रेमलिनले जारी गरेको निर्देशन अनुसार रूसी समय शनिबार अपरन्ह ४ बजे (१३०० जिएमटी) देखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागु भएको छ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्णरूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको क्रेमलिनल जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको र प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिने बताएका थिए ।
