प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री बालेन साहको बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको छ । प्रधानमन्त्रीले फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेका भन्दै यसलाई पनि आम्दानीको श्रोत देखाएका छन् । त्यस्तै काठमाडौँमा पाँच आना जग्गा, धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी साह (आमा) को नाममा रहेको उल्लेख गरेका छन् ।

त्यस्तै महोत्तरीमा रामनारायण साह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन् । श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले यो पैतृक सम्पत्तिको भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *