आईपीएलमा पञ्जावले हैदराबादलाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्स विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पञ्जावले प्रतियोगितामा तेस्रो जित निकालेको हो ।

जितको लागि २ सय २० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १८.५ ओभरमा ४ विकेटको क्षतिमा २ सय २३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । पञ्जावलाई जित दिलाउन कप्तान श्रेयस आयर, प्रभ्सिम्रन सिंह र प्रियांश आर्याले अर्धसतक बनाए । श्रेयसले ३३ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६९ रन बनाउँदा प्रियान्सले ५७ रन बनाए । उनले २० बलमा ५ चौका र ५ छक्का हिर्काए । यस्तै प्रभासिम्रन सिंहले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाउँदा शसांक सिंहले १६, नेहाल वाधेराले १४ र कोपर कोनोलीले ११ रन बनाए ।

हैदराबादको लागि सिभांग कुमारले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिँदा हत्श डुबेले एक विकेट लिए ।

यसअघि न्यु चन्द्रिगढमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । हैदराबादको लागि अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै अर्धसतक बनाए । उनले २८ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा ७४ रन बनाए । यस्तै हिन्रेच क्लासेनले ३९, ट्राभिस हेडले ३८, कप्तान इशान किसानले २७ र अनिकित वर्माले १८ रन बनाए ।

पञ्जावको लागि अर्शदिप सिंह र शशांक सिंहले  दुई/दुई विकेट लिँदा जाभिएर बार्टलेटले एक विकेट लिए ।

जितसँगै पञ्जाव ४ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको हैदराबाद छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *