एरिका कराते वान प्रिमियर लिगको फाइनलमा

काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् । शनिबार भएको सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिकाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

एरिकाले अब उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् । फाइनल खेल भोलि आइतबार हुनेछ ।

समूहचरणमा लगातार तीन खेल जित्दै क्वाटरफाइनलमा पुगेकी एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *