काठमाडौँ । गायक प्रकाश दुतराजले ‘मनमाया’ बोलको गीत ल्याएका छन् । चर्चित ब्यान्ड कुटुम्बसँग सहकार्य गरेर प्रकाशले गीत ल्याएका हुन् ।
गीतको भिडियोमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ । गीतमा प्रकाश र मेलिना राईले स्वर दिएका छन् । प्रकाशकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन सुदीप सागरले गरेका छन्।
गीतको भिडिसोमा प्रकाशसहित मोडल प्रशंसा रायमाझीको अभिनय छ। नवीन घर्ती मगरको निर्देशनमा बनेको भिडियोमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ। अनिल के. मानन्धरको छायाँकन रहेको भिडिओको सम्पादन निर्देशक नवीनले नै गरेका हुन्।
