प्रतिनिधिसभामा दश वटा विषयगत समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाले १० वटा विषयगत समिति गठन गरेको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकले अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति गठन गरेको हो ।

समितिका सभापतिको चुनाव भने आगामी ४ वैशाखमा हुने सभामुख डीपी अर्यालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *