काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शुक्रबार भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा बैंकिङ, सम्पर्क सञ्जाल, पर्यटन तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका विषयमा रचनात्मक विचार–विमर्श भएको भएको थियो ।
दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै व्यावहारिक, प्रभावकारी र दिगो विकासतर्फ अघि बढाउने साझा प्रतिबद्धता पुनः पुष्टि गरेको राजदूत माओमिङले जनाएका छन् ।
So delighted to meet with Hon. Minister of Finance Dr. Swarnim Wagle on April 9, 2026. We had a constructive exchange of views on bilateral cooperation in various fields such as banking, connectivity, tourism, and artificial intelligence. We reaffirmed our shared commitment to… pic.twitter.com/Xns5s33vth
— Ambassador Zhang Maoming (@PRCAmbNepal) April 10, 2026
