नेपालले युएईसँग घरेलु मैदानमा दुई टी-२० आई खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चिरप्रतिद्वन्द्वी युएईसँग घरेलु मैदानमा टी-२० सिरिज खेल्ने भएको छ ।

आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अगाडि नेपालले युएईसँग टी-२० खेल खेल्न लागेको हो । नेपाल क्रिकेट संघ(क्यान)ले जारी गरेको खेल तालिका अनुसार नेपालले टीयु किक्रेट मैदानमा २० अप्रिल र २१ अप्रिलमा दुई टी-२० खेल खेल्नेछ ।

त्यसपछि नेपालले युएई र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपालले २५ अप्रिलमा युएई, दोस्रो खेल २९ अप्रिलमा ओमान, तेस्रो खेल १ मे मा युएई र चौथो खेल ५ मे मा ओमानसँग खेल्नेछ ।

यस्तै नेपाल ‘ए’पनि नेपाल भ्रमणमा आउने टोलीहरुसँग एकदिवसीय खेल खेल्ने भएको छ । नेपाल ‘ए’ले २२ र २४ अप्रिलमा ओमान, ६ र ९ मेमा स्कटल्याण्ड तथा ७ र ११ मेमा अमेरिकासँग एकदिवसीय खेल खेल्नेछ । सबै खेल मुलपानी मैदानमा हुनेछ । ओमान, स्कटल्याण्ड र अमेरिका त्रिकोणात्मक सिरिजको पूर्वसन्ध्यामा नेपाल ‘ए’सँग खेल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *