बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले इरानले होर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्तिको व्यवस्थापन ‘हामीबीचको सम्झौताअनुसार नभएको’ आरोप लगाएका छन्। उनले इरानको कामलाई ‘अत्यन्त कमजोर’ भन्दै आलोचना गरेका छन्।
यो अभिव्यक्तिले युद्धविराम सम्झौताको नाजुक अवस्थालाई उजागर गरेको छ, जहाँ सम्झौताका सर्तहरूबारे नै पक्षहरूबीच मतभेद देखिएको छ।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्ने घोषणा गरेका छन् । वार्तामा इरान समर्थित समूह हेजबुल्लाहको निशस्त्रीकरण र द्विपक्षीय शान्ति स्थापना मुख्य एजेन्डा रहने बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले अर्को साता वासिङ्टनमा इजरायल–लेबनानबीच जारी युद्धविराम वार्ताबारे छलफल गर्न बैठक आयोजना हुने पुष्टि गरेको छ ।
तर लेबनानी पक्षले वार्ताअघि नै युद्धविरामको माग गरे पनि नेतान्याहुले ‘लेबनानमा कुनै युद्धविराम छैन’ भन्दै स्पष्ट अस्वीकार गरेका छन्।
बिहीबारभरि इजरायलले दक्षिण लेबनानमा हेजबुल्लाहका रकेट प्रक्षेपण स्थलहरू लक्षित गर्दै आक्रमण जारी राखेको थियो, यद्यपि राति ती गतिविधि केही कम भएको देखिएको छ।
यसैबीच, ट्रम्पले इजरायलले शान्ति वार्तालाई सहज बनाउन आक्रमण “कम गर्दै लैजाने” बताएका छन्। एनबीसीसँगको अन्तर्वार्तामा उनले नेतान्याहुसँग फोनमा
