ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

भैरहवा (रूपन्देही)। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्ववडाध्यक्षको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका–३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।

घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *