काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो ।
मन्त्रालयले सवारी साधनलाई ४ वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यस्ता सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ ।
दोस्रो वर्ग अन्तर्गत मिनी बस, मिनी ट्रिपर/ट्रक रहेका छन् । यी सवारी साधनले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नु पर्नेछ ।

