उद्योग वाणिज्य महासंघको साधारण सभा रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न आदेश दिएको छ । चैत २९ र ३० मा हुने भनिएको निर्वाचन अदालतले रोक्न आदेश दिएको हो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलाशले अन्तिरिम आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *