काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार महरासहित २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विमानस्थल कार्यालयका कर्मचारीहरूसँग साँठगाठ गरी निरन्तर सुन तस्करलाई सहयोग पुर्याई अर्बौँ राजस्व चुहावट गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ। २०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङसङले ल्याएको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेपभित्र सुन रहेको पुष्टि भएको थियो । यसअघि उनीहरु मध्ये केहीलाई अपराधिक विश्वासघात र भन्सार चोरी पैठारी कसुरमा सजाय गरेको, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । यो मुद्दा हाल काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।
अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोखरेल, महराका छोरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ, दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेक्सटर ट्राभल्स एण्ड टूर कम्पनीलाई प्रतिवादी बनाएको छ।



