श्रम संस्कृतिबाट उपसभामुखमा रुवीकुमारी ठाकुरको उम्मेदवारी

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् । बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई छन् भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृति पार्टीका अम्बिकादेवी संग्रौला समर्थक बसेका छन्

२५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेर ठाकुरलाई समर्थन दिएसँगै श्रम संस्कृतिले उपसभामुख पाउने पक्का भएको हो ।

आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। शुक्रबार उपसभामुखको निर्वाचनको कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *