दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल। दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको रूपमा यस हप्ता संयुक्त राज्य अमेरिकासँग सयुक्त हवाई अभ्यास सुरु गर्ने घोषणा गरेको छ।

दक्षिण कोरियाली वायुसेनाले विज्ञप्ति मार्फत यो अभ्यास दक्षिणपश्चिमी शहर ग्वाङ्जुको एयर बेसबाट सुरु हुने र दुई हप्तासम्म चल्ने बताएको छ।

युद्धअभ्यासमा विभिन्न प्रशिक्षण कार्यक्रमहरू समावेश हुनेछन् जसमा रक्षात्मक काउन्टर ‘एयर इन्टरसेप्सन’ र क्लोज एयर सपोर्ट प्रशिक्षण कार्यक्रमहरू रहेका छन्।

अभ्यासमा दक्षिण कोरियाले लडाकु जेटहरू, आक्रमण गर्ने विमानहरू र यातायात विमानहरू परिचालन गर्नेछ, भने अमेरिकी वायु सेनाका विमानहरू पनि अभ्यासमा सहभागी हुनेछन्। दक्षिण कोरियाली वायु सेनाले यस वर्षको अभ्यास दक्षिण कोरियाको नेतृत्वमा हुने पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *