ओली र लेखकको गिरफ्तारीको औचित्य पुष्टि हुन सकेनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

अदालतको आदेशमा बिहीबार रिहा भएपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत कार्की आयोगको प्रतिशोधी प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् । उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिशोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्यो—यसले धेरै प्रश्न उठाएको छ । राजनीतिक प्रतिशोध ।’

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई आज रिहा गरिएको थियो । गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो ।

ओली बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो । गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले अब उप्रान्त म्याद थप नगर्न आदेश दिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *