उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने

काठमाडौंं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले आगामी शुक्रबार उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख अर्यालले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *