विश्वकप लिग-२: नेपालमा हुने दुई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने दुई त्रिकोणात्मक सिरिजको खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको तालिका अनुसार अप्रिल २६ देखि मे ५ र मे १२ देखि मे २२ सम्म गरि दुई त्रिकोणात्मक सिरिज हुनेछ ।

दुवै सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, युएई र ओमान भिड्नेछन् । नेपालले पहिलो खेल २५ अप्रिलमा युएई, दोस्रो खेल २९ अप्रिलमा ओमान, तेस्रो खेल १ मे मा युएई र चौथो खेल ५ मे मा ओमानसँग खेल्नेछ ।

यस्तै अर्को त्रिकोणात्मक सिरिजमा नेपाल, स्कटल्याण्ड र अमेरिका प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल १२ मेमा स्कटल्याण्ड, दोस्रो खेल १६ मेमा अमेरिका, तेस्रो खेल १८ मे मा स्कटल्याण्ड र चौथो खेल २२ मे मा अमेरिकासँग खेल्नेछ ।

हाल नेपाल २० खेलबाट १२ अंक जोड्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले गत अक्टोबर-नोभेम्बरमा युएई र अमेरिका सम्मीलित भएको त्रिकोणात्मक सिरिजमा सबै चार खेल गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *