शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार ८३.३३ अंकले बढेको नेप्से मंगलबार २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेको हो ।

आज ३४५ वटा कम्पनीको १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाखमा किनबेच भएको छ । पाँचवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

भुजुङ्ग हाइड्रोपावर, सुपर खुडी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, रिड्ज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कारोबारमा आएकामध्ये ८२ वटा स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *